ग्यास संकट व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री व्यवस्थामा आयल निगमको निर्णय


काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको बढ्दो माग र आपूर्तिमा देखिएको दबाबलाई व्यवस्थापन गर्न अस्थायी व्यवस्था लागू गर्ने निर्णय गरेको छ। निगमले ग्यासको आपूर्ति सहज बनाउन सिलिन्डरमा आधा परिमाण अर्थात् करिब ७.१ केजी ग्यास भरेर बिक्री वितरण गर्ने व्यवस्था लागू गर्ने जनाएको छ।