Feb 26, 2025

दराजसंगको सहकार्यमा सानिमा बैंक  “नवबर्ष उत्सव” योजना 


सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “नवबर्ष उत्सव” योजनामा विशेष छुट दिने सहकार्य भएको छ। 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नुहुनेछ। 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा दश प्रतिशत वा अधिकतम् पाँच सय रुपैंयासम्म छुट पाउनेछन। तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा पन्ध्र प्रतिशत वा सात सय पचास रुपैंया सम्मको अधिकतम् छुट प्राप्तगर्न सक्नेछन। 

योजना अवधिभर सहभागीहुने ग्राहकहरु मध्ये पहिलोलाई प्राथमिकताको आधारमा छुट प्रदान गरिनेछ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी EMI_ सुविधापनि प्राप्तगर्न सक्नेछन।

यो योजना यहि चैत्र २२ देखि २०८१, बैशाख ६गते सम्म लागू हुनेछ।

Daraz-Nawa-barsa-campaign-1712414597.jpg

सानिमा बंैकको देशका सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। 

विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ।