ईकोनोमिक खबर, काठमाडौं।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ५ गते आइतबार बाँडफाँड हुने भएको छ । स्वाभिमान लघुवित्तको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बिहान १० बजे बाँडफाँड हुने कम्पनिले जानकारी दियो।
स्वाभिमान लघुवित्तको आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदक बाट ६० लाख ६१ हजार ७७० कित्ता अर्थात ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ, लघुवित्तले जारी पूँजीको ३२।११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गरेको हो । कूल निष्कासित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।
हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।