“सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन”
काठमाडौं। नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शनिबार कीर्तिपुर सम्पन्न साधारण सभाबाट
- प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष,
- राजु तुलाधर,
- धनबहादुर तामाङ र नन्दाकुमार किराती उपाध्यक्ष,
- प्रेमनाथ श्रेष्ठ महासचिव,
- राजीव खडका सचिव र
- वीरकृष्ण महर्जन कोषाध्यक्षमा चयन भए ।
यसैगरी सदस्यमा
अमिर ओड, कमला घर्ती, याङशु श्रेष्ठ, जगतबहादुर धामी, पवन मगर, हितबहादुर मोक्तान, अनिल श्रेष्ठ, सूर्यकुमार कार्की, वीरेन्द्र चन्द, विवेककुमार दाहाल, रामहरि खड्का, हर्कबहादुर तामाङ र सागर विष्ट चुनिए ।
नवनिर्वाचित कार्यसमितिको शनिबारै बसेको पहिलो बैठकले कल्पना आचार्य, रमेश तामाङ र मिनबहादुर शाहीलाई उपाध्यक्षमा मनोनित गरेको छ । त्यस्तै, गौतम शाह र शक्ति जमुना शाहलाई सदस्यमा मनोनयन गरियो ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य जगतसिंह धामी, प्रमुख निर्वाचन अधिकृत एवं खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल लगायतले प्रमाण पत्र प्रदान गर्नुभयाे।
विहानको खुलाशत्रमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले साधारण सभाको उद्घाटन गरेका थिए ।