रिलायबल नेपाल लाइफ आजदेखि नवौं वर्षमा प्रवेश,


काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ।

२०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ आजदेखि स्थापनाको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो।

आठौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०७४ साल भदौ १५ गतेदेखि सुरु गरेको थियो।

पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ।

बार्षिकोत्सवको अवसर पारेर कम्पनीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ।

गौरवपूर्ण आठ वर्ष पुरा गरी नवौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले जारी गरेको शुभकामना सन्देशमा अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ।

साथै आगामी कैयौं वर्षहरुसम्म बीमित र परिवारको साथमा रहेर जोखिम बहन गरिरहने उल्लेख छ । कम्पनीले अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी आठ वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन्।

बार्षिकोत्सवकै अवसरमा रिलायबल नेपाल लाइफले नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले आठौं वार्षिकोत्सवको अवसरमा नियामक निकाय बीमा प्राधिकरण, सञ्चालक, शेयरधनी, कर्मचारी, अभिकर्ता तथा आम बीमितहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।

उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन्।