निराज रानाभाट, चितवन। सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ हुदैछ।
चितवनको भरतपुर महानगरपालिका-२६, ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, मंगलबार, दिउँसो १:०० बजेदेखि गर्न लागिएको जनाएको छ।
सो कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटका प्रस्तुति र थुप्रै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सरिता इभेन्ट्सको अध्यक्ष सरिता आचार्यका अनुसार उक्त कार्यक्रममा रमेश श्रेष्ठ मेलोडी, चन्द्रा अर्याल, भुमिराज रेग्मी, समुन रोक्का, सोनिका क्षेत्री, अनिल सुनार, गोविन्द सापकोटा लगायतको प्रस्तुति रहने छ ।
साथै, खुल्ला तीज नृत्य प्रतियोगिताको लागि दर्ता खुल्ला गरिएको आचार्यले बताईन् ।
त्यसैगरी, उक्त कार्यक्रमको सह-आयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र ज्योतिनगर हाटबजार व्यवस्थापन समिति रहेको छ, भने भरतपुर महानगरपालिका २६ नं. वडा कार्यालय संरक्षकको रुपमा रहेको छ ।
साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहने छन् ।