काठमाण्डौ, नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री ओली संग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप परिसरमा आयोजनाहुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरीदिन औपचारिक रुपमाआग्रह गरेको छ । उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७औं संस्करणको नाडा अटोशो २०२५ आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
यस वर्षको अटो शोमा :
* १२५ भन्दा बढी प्रदर्शक,
* ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू,
* इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू,
* विन्टेज मोटर शो,
पहिलो पटक नेपालमा प्रदर्शन हुँदै गरेका ग्ल्क्ष्त्च्भ्भ् रोबोट्स् र म्भभउबभि ख्त्इी ग्ब्ख् जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिनुभयो ।
सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गर्नु भएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन् । उक्त भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलन बाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।