अक्सिजन लेभल अचानक घटेपछि अस्पताल पुर्याउँदा चिकित्सकले गायक आचार्यलाई मृत घोषणा गरेका थिए।
भजन शिरोमणि उपाधिले चर्चित आचार्यको ८१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो।
जिब्रोमा त्यसबेला देखिएको क्यान्सर शल्यक्रिया गरेपछिको झन्डै तीन दशकको अवधि हामीले सँगै बस्ने अवसर पायौं। तर, आज उहाँ सबैबाट सदाका लागि टाढा हुनुभएको छ।
जति चोट दिन्छौ, मुटु जलिरहेछ, हजार सपनाको माया, जीवन भनूँ त भूल, माया मेरी जस्ता कालजयी दर्जनौं गीत आचार्यले गाएका छन्। भजन शिरोमणि भक्तराजको सर्वाधिक लोकप्रिय भजन हो,
जिब्रोमा क्यान्सर भएको थाहा पाउँदा आचार्य रेडियो नेपालमा जागिरे थिए। यसरी स्वरमा समस्या देखिएपछि उनको गायन यात्रा टुंगिएको थियो।
आफ्नो आवाजमा अब गीत रेकर्ड गर्न नसक्ने अवस्था भएपछि भक्तराजले दुई सन्तान सत्य र स्वरूप आचार्यलाई हस्तान्तरण गरी गायन यात्राको थालनी गरिदिएका थिए। सन्तानद्वयले यसबीच आफूलाई सुगम संगीतका हस्तीका रूपमा उभ्याइसकेका छन्।
‘उपाधि र सम्मानले मात्र भक्तराजका सिर्जनाहरूको सम्मान हुँदैन, उनको प्रतिभाको अझै उच्च मूल्यांकन सरकारबाट हुनुपर्छ’, उनले भने, ‘जीवनपर्यन्त संगीतमै समर्पित स्रष्टा हुन् उनी। उनलाई जीवन्त बनाइराख्ने अवस्था पनि सरकारले बनाउनुपर्छ।’