यो वर्ष लाभांश कम लिन गभर्नर अधिकारीले आग्रह गरे


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा नभई सत्यतथ्यरुपमा बृद्धि भएको बताएका छन् ।

नेपाल बैंकर्स संघको आयोजनामा  ‘बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । वर्किङ् गाइडलाइन आएपछि स्टिक हुनुपर्दा एनपिए बढेको बताए । यो वर्ष लाभांश कम लिन गभर्नर अधिकारीले आग्रह गरे ।

वर्किङ गाइड लाइन आएपछि स्टिक हुनुपर्दा एनपिए बढ्यो तर, नेट एनपिए १.५ भन्दा तल छ। डिभिडेन्ट यो वर्ष कम लिनोस्। सोही अवसरमा अर्थतन्त्रलाई सहकारी र अनैपचारिक क्षेत्रले समस्या पारेको अधिकारीले बताए।
सहकारीमा समस्या आउँदा अर्थतन्त्रमा नै समस्या आएकोजस्तो देखिएको गभर्नर अधिकारीको भनाई थियो,  ‘अहिले ठूला ऋणीहरु नयाँ ऋण लिन सक्ने अवस्थामा छैनन्’, उनले भने, ‘उता साना व्यवसायीसम्म बैंकहरु पुग्नै सकेका छैनन्।
किराना पसलेसम्म बैंकहरु नपुगेपछि उनीहरु ऋण लिन पनि सहकारीमा गए। निक्षेप पनि सहकारीमै राखे। अहिले सहकारीमा समस्या आउँदा अर्थतन्त्रमै समस्याजस्तो देखिएको छ।’

 गभर्नर अधिकारीले नेपालका बैंकहरु नडुब्ने दाबी गरे। ‘बैंकहरु डुब्ने अवस्थामा छैनन्, नेपाल राष्ट्र बैंकले अनुगमन तथा निरन्तर निगरानी गरिरहेको छ’, उनले भने, ‘बैंकहरु डुबे भने अर्थतन्त्र पनि संकटमा पर्छ।’ अहिले बैंक तथा वित्तीय संस्थामाथि गाली गर्ने सामाजिक समस्या नै आइलगेको गभर्नर अधिकारीले बताए।