ईकोनोमिक खबर, काठमाण्डौ ।
२३ हजार ३६३ आवेदकले १० कित्ताको दरल गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ पाएभने २ लाख ७८ हजार ३३ जना आवेदक रित्तो हात भएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलमा भएको बाँडफाँडको क्रममा बताएका छन।
यो कम्पनीले बैशाख १६ गतेदेखि २० गतेसम्म मितिमा गरेको आइपीओमा मागभन्दा करिब २३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा ३ लाख ८ हजार आवेदकले ५७ लाख १९ हजार कित्ता खरीदका लागि आवेदन दिएका छन् ।
यो कम्पनीले कुल २ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये ३८७५ कित्ता कम्पनीका कर्मचारीका लागि, १२ हजार ५०० म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको २ लाख ३३ हजार ६२५ सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवार शुुभारम्भ गरेको हो । गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु। १० करोड, जारी पूँजी रु। ७ करोड ७५ लाख र चुक्तापूँजी रु।५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु।७ करोड ७५ लाख हुनेछ । केन्द्रीय कार्यालय धनकुटा ७, हुलाक टोल रहेको यस वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्लाभित्र कारोबार शरुगरेको छ। २२ वटा शाखा कार्यालय रहेको छ ।