संसद भवन भित्रै छिरेर लघुवित्त ऋणीहरुले गरे विरोध प्रदर्शन 


काठमाडौं। कडा सुरक्षाको घेरामा रहेको नयाँ बानेश्वरको संसद भवन भित्रै छिरेर लघुवित्त ऋणीहरुले बिरोध प्रदर्शन गरे।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक चलिरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका हुन्। 

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर नै काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमवार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गर्न सफल भएका हुन्।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ, त्यस क्षेत्रमा प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । 
उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।