५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा/रुबेला खोप लगाइने 


काठमाडौं। फाल्गुन १३ देखि चैत्र ७ गते सम्म दादुरा/रुबेला खोप अभियानमा सञ्चालन भइरहेको छ, ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा/रुबेला खोप दिइँदैछ। 

दादुरा/रुबेला रोग लाग्नबाट बच्नको लागि दादुरा(रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो। 

२०८० फाल्गुन १३ देखि चैत्र ७ गते सम्म सञ्चालन भइरहेको दादुरा/रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिला यो खोप लगाएको भए पनि यस अवसरमा अनिवार्य थप मात्रा खोप लगाउनु पर्दछ । 

यस अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका ३ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई खोप सन्चालन हुनेछ । र बाँकी जिल्लामा ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा/रुबेला खोप दिइँदैछ । 

तर गाउँटोल अनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुन्छ।
त्यसैले खोप केन्द्र सञ्चालन हुने स्थान र मिति बारेमा आफ्नो नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकलाई सोधेर अथवा स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।

💉खोप निःशुल्क पाइन्छ। 
खोप सुरक्षित छ । 
खोपले जीवन रक्षा गर्छ।