एजेन्सी। एसिया प्रशान्त क्षेत्रका मुलुकहरु सम्मिलित एफएओ एसिया प्रशान्त क्षेत्रिय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ।
प्रत्येक २ वर्षमा आयोजनाहुने मन्त्रिस्तरीय यो बेकममा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दाबढी कृषिमन्त्रीहरू तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फागुन महिनाको ७ देखि १० गते सम्म संचालन भएको ३७ औ एसिया प्रशान्त क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषिखाद्य प्रणालीको अनुकुलित रुपान्तरण, कृषिमा लगानी प्रवर्धन तथा कृषिको आधुनिकरण तथा खाद्यवस्तुको उचित प्रयोग, पानीको उचित उपयोग तथा खानेपानी तथा खाद्यपदार्थ तथा उपलब्ध पानीको क्षतिको न्यूनिकरण जस्ता विषयहरुमा वृहत छलफल गरिएको थियो।
सो कार्यक्रममा आयोजित मन्त्रिस्तरीय विशेष बैंठकमा कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग साथै, यस क्षेत्रका साना राष्ट्रहरुको कृषि तथा पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल गरिएको थियो ।
नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुषालको नेतृत्वमा तीन सदस्यिय प्रतिनिधिले भाग लिएका थिए । नेपालको तर्फबाट मन्त्रिस्तरीय छलफलको विभिन्न कार्यक्रममा सहभागिता जनाएको छ।
विशेषगरी नेपालको तर्फवाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवद्र्धनका सम्भावना तथा अवसरका वारेमा राष्ट्रिय सोच प्रस्तुत गरिएको छ। सम्मेलनमा नेपालको तर्फबाट विभिन्न कार्यक्रममा सहभागिता जनाइएको थियो। सो क्रममा Digital Village Initiativeमा नेपालमा एफएओको सहभागितामा संचालित कार्यक्रम, यसक्षेत्रमा हाल सम्म भएको उपलब्धीहरू तथा , यस क्षेत्रमा हासिल गरेका अनुभवबारे सम्मेलनमा जानकारी गराईएको थियो।
त्यसैगरी नेपालले एक मूलुक एक विशेष बाली वस्तु(One Country One Priority Product)तर्फ छनौट गरेको अलैचीको अर्थतन्त्रमा योगदानका विषयमा छलफल भएको थियो। नेपाली अलैचीको निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा त्यसको महत्व, उत्पादनको अवस्था, प्रसोधन प्रणाली तथा आन्तरीक तथा वाहय बजारमा यी बालीहरुको पहुँचको सम्वन्धमा नेपालको तर्फबाट मन्तब्य प्रस्तुत गरिएको थियो ।
सोक्रममा विश्वका साना विकासशील टापु राष्ट्र (SIDS), अतिकम विकसित राष्ट्रहरु तथा भू –परिबेष्ठित राष्ट्रहरुका सम्बन्धमा मन्त्रिस्तरीय विशेष बैठक संचालन भएको थियो। उक्तबैठकमा विशेषत नेपाल जस्ता भू –परिबेशित राष्ट्रहरुले कृषिक्षेत्रमा अपनाएका प्रविधि, बजारीकरण तथा बिश्व बजारको पहुँच लगायतका विषयमा नेपालले आफ्ना भनाईहरु प्रस्तुत गरेका थियो। विशेषगरी SIDS, LDC तथा LLDCराष्ट्रहरुले झेलेका समस्याहरु त्था समाधानका लागि प्राथमिकतामा विषय तय गरिएको हो।
सम्मेलनको औपचारिक उद्घाटनको क्रममा हरेक राष्ट्रले आफ्नो मूलुकको कृषिक्षेत्रमा प्राथमिकता, सहयोगका क्षेत्रहरु त्था आगामी दुई वर्षका लागि एफ ए ओको रणनैतिक तथा कार्यगत योजनाहरु समेतलाई समेटी कार्यपत्र (Country Statement) प्रस्तुत भएको थियो।
नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रलयले एफएओ नेपालबाट प्राप्त सहयोगका लागि आभार व्यक्तगर्दै नेपालको भौगोलिक बिशेषतालाई मध्यनजरगर्दै पहाडी खेतीवाली प्रणालीलाई बिशेष जोडदिनुपर्ने विषय प्रस्तुत भएको थियो । साथै मन्त्री भूषालले एफ ए ओ नेपालको सहकार्यमा संचालित कार्यक्रम जस्तै Hand in Hand Initiative, Digital Village Initiative, OCOP तथा Green CitiesInitiatives प्रर्वद्धनका विषयमा मन्तव्य राख्दै नेपालले आगामी दशकलाई कृषि लगानी दशकको रुपमा अगाडी बढाउन लागेको जानकारी गराउनु भएको थियो।
सम्मेलनमा नेपालको तर्फबाट कृषि क्षेत्र तथा खाद्यप्रणालीमा रुपान्तरण एफ ए ओ तथा नेपालले विशेषरुपमा अगाडी सारेको तथा नेपाल सरकारले अवलम्वन गरेको Hand in Hand Initiatives का वारेमा नेपालको सहभागिता रहेको थियो। विशेष गरी कृषि तथा खाद्य प्रणालीमा नेपालले अवलम्वन गरेको प्रयासहरू तथा कृषिक्षेत्रमा लगानी अभिवृद्धि गर्दै लैजानुपर्ने आवश्यकता बारेमा चर्चा गरिएको थियो।
नेपालको तर्फबाट FAO सँगको सहकार्यमा समग्र कृषिको रुपान्तरण तथा विकासमा कार्यगत सहकार्य अगाडि बढाउने विषयमा जानकारी गराइएको थियो। सोही कार्यक्रमको सन्दर्भमा नेपालका माननीय मंन्त्री र FAO Investment center का निर्देशक मोहम्मद मस्यौरीका विच दुइ पक्षिय बैठक भएको थियो। उक्त भेटघाटमा नेपालमा कृषिक्षेत्रमा लगानी बढाउन साझा रुपमा कार्यक्रम अगाडी बढ्ने विषयमा छलफल भएको थियो।
सम्मेलनको आयोजक राष्ट्र श्रीलंकाबाट सम्मेलनमा उपस्थित सहभागीहरुलाइ स्थलगत भ्रमण कार्यक्रमतय गरिएको थियो। उक्त कार्यक्रममा नेपालका बिशिष्ट पदाधिकारीहरुलाई श्रीलंकामा संचालित विविध नवीनतम कार्यक्रमहरुको प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर तय गरिएको थियो ।