नेपाल टेलिकमले गर्यो, २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान


नेपाल टेलिकमले २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ ।

स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष राम कृष्ण सुवेदीको अध्यक्षता सोमवार सम्पन्न कार्यक्रममा सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरू र एमपोस बिक्रेता तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरूलाई सम्मान गरिएको थियो ।