प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन


भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिनु भएको छ । मङ्गलवार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज सर्मालाई  सपथ गराउदै मन्त्री अधिकारीले सो कुरा बताउनु भएको हो ।

बिगत लामो समयदेखि सहकारी क्षेत्रका सरोकारवालाहरुले माग गदैं आएको सहकारी क्षेत्रलाई नियमन गर्ने दोस्रो तहको नियमक निकाय (क्त्क्ष् ) गठन भएकाले सहकारी क्षेत्रमा हाल देखिएका समस्याहरु समाधान हुने मन्त्री अधिकारीको बिश्वास छ ।

मन्त्री अधिकारीले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्रभित्र रहेको उल्लेख गदैं  समस्याग्रस्त सहकारीहरुको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।