अर्थमन्त्रालयका सहसचिव सेवन्तकलाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी


काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो।

उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्।