स्याङ्जाका विशाल रानाभाट ‘मेरो भ्वाइस यूनिभर्स २’ को प्रतिस्पर्धामा


स्याङ्जा। स्याङ्जाका विशाल रानाभाट ‘मेरो भ्वाइस यूनिभर्स २’ को प्रतिस्पर्धामा छन् ।

‘मेरो भ्वाइस यूनिभर्स – २’ को उत्कृष्ट १४ मा पर्न सफल स्याङ्जाका रानाभाटलाई थप अगाडिको यात्रामा बढाउन ‘विशाल रानाभाट जिताऔँ अभियान’ शुरु गरिएको छ।

अबका चरणमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकहरुको भोटका आधारमा अगाडिको यात्रातय हुने भएकाले विशालको जन्म जिल्लामा उक्त अभियान शुरु गरिएको हो ।

विशालको प्रगतिको कामना गर्ने आफन्तजनहरुलाई समेत भोट गर्ने विधि र प्रक्रियाबारे जानकारी नभएकाले उक्त अभियान शुरु गरिएको हो। रकमको बलमा विशाल जस्ता प्रतिभा ओझेलमा पर्छन् कि भनेर शुभेच्छुकहरुलाई जानकारी गराउन अभियान थालिएको अभियन्ता किरण रानाभाटले बताए।

प्रतियोगीहरुलाई भोट गर्नका लागि आयोजकले मोबाइलको म्यासेज बक्सबाट एसएमएस र माइ इन्ट्रा एफ एप गरी २ तरिकाको व्यवस्था गरेको छ।

विशाललाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजी अक्षरको एमयुभी जिरो टु (MVU 02) टाइप गरी ३७००० मा पठाउन सकिन्छ, भने अर्को तरिका मोबाइलको प्लेस्टोरबाट माइ इन्ट्रा एफ डाउनलोड गरी एक भोट निःशुल्क र आवश्यकतानुसार खरिद भोट पनि गर्न सकिने व्यवस्था छ।

नेपाल, भारत, दुबई, कतार, थाइल्याण्ड, अस्ट्रेलिया, जापान, पोर्चुगल, बेलायत, अमेरिका, हङकङलगायतका देशबाट विभिन्न अडिसनबाट छनौट भएका स्वनामधन्य प्रतिभामध्ये १४ जना उपाधिका लागि लडिरहेका छन् । विश्वभरका नेपाली प्रतिभाहरुलाई एकै मञ्चमा जोड्ने अभियान नेपाल टेलिभिजनबाट प्रसारित ‘ मेरो भ्वाइस युनिभर्स ’ इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता हो । जसमा २३ वटा देशका नेपाली मूलका प्रतिभाशाली गायक तथा गायिकाहरूले सहभागिता जनाएका छन् । अडिसन राउण्ड विश्वका १३ वटा मुलुकमा सम्पन्न भएको थियो । नेपाल अडिसनमार्फत गायक विशाल रानाभाट छनोट भई अहिले भोटिङ राउण्डसम्म आइपुगेका छन् । उक्त रियालिटी शोका विजेतालाई १ करोडसहितका विभिन्न पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यो रियालिटी शोले नेपाली गीत, संगीत र संस्कृतिलाई विश्वभर छरिएका नेपाली माझ फैलाउने उद्देश्य राखेको छ । फाइनल चरण ३२ एपिसोडमा सम्पन्न हुने छ, जहाँ उत्कृष्ट प्रतिभा खोजिने छ ।

विशाल रानाभाटको अपिल ; गायक रानाभाट भन्छन् :
“नमस्कार ! सम्पूर्णमा यहाँहरुको माया, साथ र समर्थनले म ‘ मेरो भ्वाइस युनिभर्स सिजन २ ’ को भोटिङ राउण्डसम्म पुग्न सफल भएको छु । अबको राउण्डमा तपाईंहरूको एक भोटले ठूलो अर्थ राख्ने छ । त्यसैले यो भन्दा अगाडि बढ्न यहाँहरुको माया सोरुप धेरै भन्दा धेरै भोट गरिदिन विनम्र अनुरोध गर्दछु । आगामी दिनहरुमा तपाईंहरूको माया, साथ र समर्थनको अपेक्षा गरेको छु ।”