आज सबै समूहको शेयर बढेको छ


काठमाण्डौ। शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ ।

यस्तै माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।

आज माई खोला हाइड्रोपावर कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पोरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ।