प्रेम प्रसाद पौडेल, गुल्मी। वैदेशिक रोजगारीबाट फर्किएका गुल्मी जिल्ला, रुरु गाउँपालिका वडा नम्बर ४ का पूर्णप्रसाद पन्थले वार्षिक एक लाख ५० हजार भन्दा धेरैको गुण विक्री गर्दे आउँनु भएको छ। आफनै घरको उत्पादन मात्र होइन स्थानिय स्तरमा उत्पादन भएको खुदो खरिद गरि गुण बनाउने गर्नुभएको छ।
रासायनिक पदार्थको मिसावट नभएको हुँदा वार्षिक ३ लाख सम्मको कारोबार हुने गरेको छ। स्थानिय जातका परम्परागत रुपमा गरीने उखुखेतीले नै बालबालिकाको शिक्षा दिक्षा र घर खर्च चलेको छ, उनी बताउछन। साविकको जनवोध प्राविमा हेफर इन्टरनेशनल नेपालको र रुरु गाउँपालिकाको सहयोगमा उखुबाट सिधै मिठाई बनाउने उद्योग स्थापनाको तयारीले स्थानिय हर्षित छन्।
पूर्ण प्रसाद पन्थ भन्नुहुन्छ, उद्योग चलेमा खेती गर्ने छाडिएका बाँझा बन्जर जमिनमा फेरी उखु खेतीले बढावा पाउँने छ। उद्योग संचालन हुने खबरले वैदेशिक रोजगारीमा रहेका अन्य साथीहरु घर फर्किने योजनामा रहेका छन् ।
माघ महिनामै उद्योगको परिक्षण गर्ने तयारी
उद्योग चलाउनका लागि अहिले गाउँपालिकाले तयारी शुरु गरिसकेको छ । विद्युत भोल्टेज बढाउनका लागि नेपाल विद्युत प्राधिकरण संग समन्वयको काम भईरहेको रुरु गाउँपालिका ४ का वडा अध्यक्ष शेषनारायण पौडेलले बताए । यो सिजनमा स्थानिय किसानले गोरु घुमाएर उखु पेल्नु पर्दैन । झण्डै २ सय वर्षदेखि स्थानियले कोलमा गोरु घुमाएर उखु पेल्ने र रसलाई पकाएर खुदो बनाई विक्री गर्दै आएका थिए। हामीले वैदेशिक रोजगारीमा गएका युवा र नेपालमै केही गरौं भन्ने युवालाई पुनः कृषिमा जाड्ने प्रयास गरेका छौं, अध्यक्ष पौडेलले सुनाए ।
गुण उद्योग संचालनका लागि हेफर इन्टरनेशनल नेपाल र रुरु गाउँपालिको साझेदारीमा उद्योग संचालन हुन लागेको हो । गरिवि निवारण र भोकमरी विरुद्ध काम गरिरहेको हेफर इन्टरनेशनले उद्योग स्थापनाका लागि ४० लाख रुपैंयाँ भन्दा धेरै खर्च गरेको छ । त्यस्तै प्राविधिक सेवा पनि हेफर बाटै हुने स्थानियले बताए।
उद्योगको सफल संचालन भएका रुरु गाउँपालिका मात्र होईन रुरु पालिकसंग जोडिएका सत्यवती गाउँपालिका, मालिका गाउँपालिका र मदाने गाउँपालिका सम्ममा उखु खेती प्रवद्र्धन हुने हेफरको अनुमान छ । नेपालमै पहिलो पटक स्थापना हुन लागेको हुँदा हामीले गर्ने उत्पादनमा सबैंको चासाको विषय छ। मध्यपहाडी जिल्लामा अवस्थित गुल्मी जिल्ला त्यसमाथी पहाडी हावापानीले गर्दा रैथाने अर्गानिक उत्पादनले क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार लिने स्थानिय जनप्रतिनिधिहरुको विश्वास छ।
उद्योगको संचालन तथा उत्पादित गुणको बिक्रीबितरण सहकारी मार्फत
रुरु बहुउद्देश्य सहकारी संस्थाले उखुको खरिद देखि उत्पादित वस्तुको विक्री वितरण सम्म गर्नेछ । किसानले सोझै सहकारीमा आएर आफनो उत्पादन राख्न पाउँनेछन् । सहकारीका कोषाध्यक्ष समेत रहेका वेदप्रसाद पन्थले भन्नुभयो, किसानले उत्पादन मात्र गरे हुन्छ, हामीले यसलाई प्रसोधन गरी बजारीकरण गर्छौ किसानले उत्पादित बस्तु बेचविखन गर्नुपर्देन।
रुरु क्षेत्र गाउँपालिका धेरै जसो वडामा झण्डै १ सय वर्ष अघि देखि स्थानिय तरीकाले उखु खेती हुदै आएका थिए । थोर्गा, दार्सिङबास, पयक, ठानिडाँडाँ गाउँ उखु खेतीका लागि उर्वर मानिएका ठाउँहरु हुन। रुरु बहुउद्देश्य सहकारी संस्थाका प्रतिनिधिहरुले उद्योग सफल रुपमा संचालन भएमा यस आसपासका २ हजार हेक्टरमा भएको उखु खेती बढेर कम्तिमा ५० हजार हेक्टरमा खेती हुने विश्वास लिएका छन्। अन्य खेती भन्दा उखु खेती मार्फ्त दोब्बर आम्दानी लिनेछन।
उखुखेती गर्ने किसानलाई संघीय मन्त्रालयले समेत अनुदान दिनेछ,
उखुखेती गर्ने किसानलाई प्रवद्र्धन गर्नेका लागि नेपाल सरकारले प्रति क्विन्टल ७० रुपैंयाँ सम्म अनुदान दिने गरेकोछ। मिल संचालन भएका तराईका क्षेत्रमा मिलमा पठाएको विवरण हेरी र किसानले विक्री गरेको विवरण रुजु गरि अनुदान दिने गरेको छ। नेपाल सरकारले वार्षिक १ अर्ब रुपैंयाँ भन्दा बढी अनुदान दिने गरेको छ।
गुल्मीमा उखु उद्योग संचालन भएपछि किसान थप प्रोत्साहित हुने छन् । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्र कुमार मिश्रका अनुसार यो नीति उद्योग संचालन भएका क्षेत्रमा प्रभावकारी रुपमा संचालन भइरहेको छ । यो हुन सकेमा पहाडमा उखु लगाएका किसान पनि लाभान्वित हुनेछन् । चिनीमा रहेको हाम्रो परनिर्भरता पनि घट्ने छ ।