लगानीको वातावरणमा सुधारका लागि नीतिगत स्थिरता, स्पष्टता र अनुमान योग्यताको अनुरोध


विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रि रहेको छ। बजार मागमाआएको संकुचनमा पछिल्ला केही महिनायता आंशिक सुधार देखिएपनि अझै यो सामान्यलयमा फर्कि सकेको छैन। नेपाल उद्योग परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार गत त्रैमासमा बजार मागमा १९ प्रतिशतले सुधार आएको छ। यद्यपि, उद्योग व्यवसायहरुको संचालन क्षमतामा सुधारका बाबजुद अझैपनि यो औसत ६२५ हाराहारी मात्र छ। गतवर्ष यो क्षमताको ४० प्रतिशतमा सीमित थियो। यसरी आर्थिक गतिविधिमा लामो समय देखि कायम शिथिलता र उद्योग व्यवसायको उत्पादन तथा कारोबारमा मन्दीको बहुआयामिक प्रभाव आन्तरिक अर्थतन्त्रका सूचकहरु सँगै बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय प्रतिवेदन देखि सरकारको राजस्व सम्म प्रतिबिम्बित भएको तथ्य बारे पनि यहाँलाई अवगत नै छ।

यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवार  प्रयास स्वरुप नेपाल राष्ट्रबैंकले गरेको केही नीतिगत लचकता तथा सुधारका प्रयत्नहरु सरहानीय छन्।

सोही पहलका कारण नीतिगत दर देखि ब्याजदर अभूतपूर्व न्यूनतहमा आइपुगेको छ।यसका  बाबजुद कर्जा माग अत्यन्त न्यून हुँदा करिब ६खर्ब रुपैयाँ बराबरको कर्जायोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएर बसेको छ।यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो।

बजारमागमा संकुचनका कारण निजीक्षेत्रले उद्योग (व्यवसाय पूर्ण क्षमतामा नचलाइ रहेको मात्र छैन नयाँ कर्मचारी भर्ना, प्रविधि, इत्यादिमा समेत खर्च गर्न उदासिन भइरहेको अवस्था छ। विद्यमान व्यवसाय विस्तार र नयाँ उद्योग (व्यवसाय दुवैमा लगानी अपवाद बाहेक शुन्य प्रायस् छ। सोही कारण निजीक्षेत्रबाट व्यवसायिक कर्जा माग हाल न्यून छ। साथै, लगानीको वातावरणमा सुधारका लागि नीतिगत स्थिरता, स्पष्टता र अनुमान योग्यताको अनुरोध गर्दै आएको निजीक्षेत्रले पछिल्ला वर्षमा सरकार तथा नियामकहरुबाट अनपेक्षित नीतिगत झट्काहरुको सामान गर्नुपरेकाले पनि कर्जा मागउत्साहजनक नभएको अर्को तथ्य हो।

केन्द्रिय बैंकले चालुवर्षमा निजीक्षेत्रतर्फ १२.५५ ले कर्जा विस्तारहुने अनुमान गरेकोमा गत वैशाख सम्ममायो ७.३५ मात्र छ।कुल पुँजी निर्माणमा कम्तिमा ७०% लगानी निजीक्षेत्रको

रहेको अवस्थामा यसतर्फ कर्जा विस्तारभने अपेक्षितरुपमा नहुनुको असर अर्थतन्त्रको विस्तार र वृद्धिमा समेत परेको हामीले महशुस गरेकाछौं।वाह्य अर्थतन्त्रका समष्टिगत सूचकहरु महिनौं देखि स्वस्थ र झन्झ न्बलियो हुँदैगर्दा आन्तरिक आर्थिक गतिविधिहरु भने लामो समय लय विमुख हुनुले हाम्रा राष्ट्रिय आकांक्षाहरु पक्कैपनि भेट्न सकिँदैन।