ईकोनोमिक खबर, काठमाडौं।
नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबिच पार्टी एकता गर्ने सहमति भएको छ। यहि वैशाख २३ गते सोमबार प्रज्ञाप्रतिष्ठान कमलादीमा बिशेष कार्यक्रमको आयोजना गरी फोरम र नयाँ शक्तिले एकता घोषणा गर्ने सहमति गरेकाछन्। नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहने बताएका छन।
राजपाका शीर्ष नेताहरूले नयाँ शक्ति र फोरमका नेताहरूसँग पनि छलफल जारी राखेका छन्। तर, निष्कर्ष भने निस्केको छैन। पछिल्लो समय फोरम र नयाँ शक्ति बिच एकताका लागी संघीय सरकारमा आएर अड्किएको थियो। नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो।
अन्ततः फोरम सरकारमै रहेका बेला यी दुई पार्टीबिच एकता भएपछि अब राजपासँगको एकता ओझेलमा परेको छ। राजपा र फोरमबिच एकताका लागि पटकपटक पत्र आदानप्रदान भएका छनभने औपचारिक र अनौपचारिक छलफल पनि भएका छन्।। तर, यी दुई पार्टीको एकता पनि सरकारमा गएर अड्किएको छ।
नयाँ शक्ति र फोरमको एकताले राजपासँगको एकतामा कुनै असर नगर्ने झाले बताए। स्रोतका अनुसार फोरम र नयाँ शक्तिबिच संविधान संशोधनसहितका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पूरा नभए सरकार छाड्ने सहमति भएको छ।