२५ नेपाली फिल्मलाई चलचित्र विकास बोर्डको सम्मान


काठमाडौं–नेपाल चलचित्र विकास बोर्ड स्थापना भएको २५ वर्ष पुगेको अवसरमा बोर्डले  धेरै कमाइ गर्न सफल २५ वटा नेपाली चलचित्र लाई विशेष सम्मान प्रदान गरेको छ।

काठमाडौंमा आयोजित भव्य कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधि मन्त्री प्रिथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले गर्नुभएको थियो।

कार्यक्रममा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको रूपमा ‘पूर्ण बहादुरको सारङ्गी’ पहिलो स्थानमा परेको छ, जसले ४६ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ। दोस्रो स्थानमा ‘कबड्डी ४’ (२१ करोड ४० लाख) र तेस्रोमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख) परेका छन्।

बोर्डले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा असार १५ लाई राष्ट्रिय चलचित्र दिवस को रूपमा मनाउने निर्णय पनि सार्वजनिक गरेको छ।

२५ चलचित्र र तिनको कमाइ (नेपाली  रुपैयाँमा):

  1. पूर्ण बहादुरको सारङ्गी – ४६.८७ करोड
  2. कबड्डी ४ – २१.४० करोड
  3. १२ गाउँ – १९.९२ करोड
  4. छक्का पञ्जा ४ – १७.५३ करोड
  5. जारी – १७.४८ करोड
  6. छक्का पञ्जा – १६.१० करोड
  7. महाजात्रा – १५.६७ करोड
  8. छक्का पञ्जा ५ – १५.२० करोड
  9. कोहिनुर – १४.७५ करोड
  10. छक्का पञ्जा २ – १४.५१ करोड
  11. शत्रु गते – १२.६५ करोड
  12. ऊनको स्वीटर – १०.६२ करोड
  13. कबड्डी २ – १०.३५ करोड
  14. बोक्सीको घर – १०.१० करोड
  15. छ माया छपक्कै – ९.९२ करोड
  16. दिमाग खराब – ८.९८ करोड
  17. अञ्जिला – ८.८३ करोड
  18. परदेशी २ – ७.९२ करोड
  19. छक्का पञ्जा ३ – ७.८३ करोड
  20. प्रेम गीत ३ – ७.६३ करोड
  21. कबड्डी कबड्डी कबड्डी – ७.५९ करोड
  22. पुजार सार्की – ७.३८ करोड
  23. महापुरूष – ७.३५ करोड
  24. कबड्डी – ७.३४ करोड
  25. पशुपति प्रसाद २ – भष्मे डन – ७.३२ करोड

कार्यक्रममा नेपाली फिल्म उद्योगका निर्माता, निर्देशक, कलाकार तथा फिल्मकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मन्त्री गुरुङले नेपाली फिल्म उद्योगको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो भने अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रलाई अझ व्यावसायिक र अन्तर्राष्ट्रिय बजारमैत्री बनाउने योजनाबारे जानकारी दिनुभयो।