काठमाण्डौं। एनआईएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअलफण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” बन्दमुखी योजनाको इकाई बाँडफाड भोली गरिने भएको छ।
उक्त योजनाको रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रतिइकाई अंकित मूल्य रु. १०/– दरमा मिति २०८०/१०/०२ गते देखि मिति २०८०/१०/१६ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सो अवधि भित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आएका आवेदकहरुमा बाँडफाड गरीने छ। उक्त निष्काशित इकाईहरुको माघ २४ गते निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड गरिने कम्पनीले जनाएको छ।