सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँ


काठमाण्डौ – आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर दुई हजार दुई सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा दुई हजार दुई सय २५ रुपैयाँ कायम भएको थियो ।