एमजि ब्राण्डका ईभि गाडी पार्कीङमा विद्युतको तार सट भई आगोलागी भएको स्थानीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट भएको सर्जिमिन मुचुल्का


काठमाण्डौं। एमजि ब्राण्डका चार पांग्रे गाडीहरु उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रुपमा निर्माण गरी विश्वव्यापी रुपमा प्रयोग भइरहेको र यस पारामाउन्ट मोटर्स प्रा.लि (कम्पनी) ले नेपालमा आधिकारीक बिक्रेताको रुपमा आयात गरी बिक्रि वितरण गरि ग्राहकहरुमाकुशलतापूर्वक सेवाप्रवाहगरिआएकोमा यस कम्पनीको डिलर मार्फत बिक्रि भएको सवारी साधन मध्ये दर्ता नं बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको MG EZS EV गाडी मिति २०८०/०९/०९ गते काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागी भई नष्ट भएको घटनालाई लिएर उक्त गाडीको ब्राण्ड र यस कम्पनीको समेत नाम उल्लेख भई विभिन्न संचार माध्यममा प्रकाशित समाचार, सामाजिक संजालमा भएको टिप्पणी प्रति यस कम्पनीलाई गम्भीर ध्यानाकर्षण भई मिति २०८०/०९/१८ मा प्रेस विज्ञप्ती जारी तत्कालिन अवस्थामा भए, पाएको विवरण सबैको जानकारीको लागि सम्प्रेषण गरिएको सर्वविदितै रहेको छ । 

मिति २०८०/०९/१८ मा यस कम्पनीले जारी गरेको प्रेस विज्ञप्ती मार्फत उक्त घटनाको सम्बन्धमा घटना भएको दिन तत्काल यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरि हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र उक्त प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ्ग गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार सर्ट भई आगलागि भई पुर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको, बुझिएको भन्ने समेतको व्यहोराको जानकारी सबै सरोकारवालाहरुलाई यस कम्पनीले दिएको नै थियो ।

तथापि हाल विभिन्न संचार माध्यम तथा सामाजिक संजालमाउक्त गाडी धनीको भनाई उदृत गरीसम्प्रेषण भएको समाचारले हामीलाई पुनःध्यानाकर्षण भएकोमा उक्त गाडी धनीले नै उक्त समाचारमा सत्यता नभएको सम्बन्धमा आफनो फेसबुकबाट जानकारी गराएको छ । 

सम्प्रेषण भएको समाचारमा उक्त गाडी कहाँबाट खरिद गरिएको भन्ने सम्बन्धमा अन्यथा उल्लेख गरिएको भएतापनि यस कम्पनीमा रहेको अभिलेख अनुसार उक्त गाडी यस कम्पनीको झापास्थित डिलरबाट मिति २०७८/११/१० मा खरिद÷बिक्रि भएको हुँदा उक्त गाडीको प्रथम बिक्रेता यो कम्पनी नभएतापनि उक्त गाडीको आधिकारीक आयातकर्ता कम्पनी भएको हुँदा उक्त गाडी आगलागि हुँदाको वस्तुस्थितीको सम्बन्धमा बुझ्ने र भएको सत्यतथ्य व्यहोरा सबै सरोकारवालालाई प्रेस विज्ञप्तीबाट जानकारी गराएको छ ।