ईकोनोमिक खबर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.८८ अकंले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ ।
यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार नेप्से दोहोरो अंकले बढ्दा हाइड्रोपावर सेक्टरमा उछाल देखिएको छ । आज नेप्सेमा सूचीकृत ७३ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा १४ कम्पनीको घटेको हो ।
यस दिन नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै हाइड्रोपावर उपसूचक पनि १.४७ प्रतिशतले बढेको हो ।
आज हाइड्रोपावर परिसूचक ३९.१८ अंकले बढेर २६९२.३१ को विन्दुमा कायम भएको छ । कुल ९१ सूचीकृत कम्पनीहरु यस दिन कारोबारमा आएका हुन् ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सिनर्जी पावर डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८।३५ प्रतिशत घटेको छ।
मंगलवार सेन्सेटिभ इण्डेक्स ०।६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०।७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।०९ अंक बढेको छ।यस दिन ४ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०।१७ प्रतिशत, फाइनान्स समूहको ०।०० प्रतिशत, माइक्रोफाइनान्स समूहको ०।३० प्रतिशत र निर्जीवन बीमा समूहको ०।०३ प्रतिशतले घटेको हो ।