ग्राण्डी अस्पताल पछाडी गोली हानेर लागुऔषध कारोबारी पक्राउ


काठमाडौं। काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ को ग्राण्डी अस्पताल पछाडी गोली चलेको छ ।

ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध कारोवारीले रड प्रहार गर्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।

प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो ।