अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रकाश आचार्य सहितका टोलिले पशुपतीनाथमा रहेका वृद्धवृद्धा, असाहय, दृष्टिविहिनहरुका लागि न्यानो कम्मल वितरण गरेका छन् ।
अमेरिकामा बसेका नेपाली तथा भारतीयहरु ले लक्ष्मीपुजाको दिन संकलन भएको पैसाले असाहयहरुका लागि सहयोग गरेको आचार्यले इकोनममिक खवरलाई जानकारी दिनुभयो ।
अन्तरदृष्टी नेपाललाई सहयोग गर्ने खोजिएको भएपनि सो आश्रममा भन्दा बाहिर रहेका विपन्नलाई सहयोग गर्ने सुझाव आएपछि बाहिर नै वितरण गरिएको हो । सो अवसरमा समाजसेवी पवन अधिकारी, कलाकार शिवहरी पौडेल, आचार्यको परिवारका र इष्टमित्रको समेत सहभागिता थियो । कार्यक्रममा बोल्दै अन्तरदृष्टि नेपालकी संचालिका नन्द्रा सिंहले प्रकाश जस्ता मनकारीहरुको सहयोगले नै नेपालका रहेका सामाजिक संघ संस्था र विपन्नहरुका लागि राहत मिलेको बताउनु भयो ।
सिन्धुलीमा जन्मघर भएका प्रकाशले १३ वर्षदेखि अमेरिकामा रहेका नेपालीहरुलाई दुख पर्दा सहयोग गर्ने गरेका छन् । प्रकाशले भने जिम्मेवारीको कुनै सीमा छैन पर्दा सहयोग गर्ने नेपालीको धर्म नै हो ।