
गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा बृहत् जन-साँस्कृतिक कार्यक्रम आयोजना हुन गइरहेको छ ।
२००७ सालको नेपाली क्रान्ति देखि जनयुद्ध हुदै २०६२/६३ को जनआन्दोलन सम्म नेपाली जनताले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, समानता र न्यायका लागि संघर्ष र वलिदान मार्फत स्थापित भएको समाजबाद उन्मुख संघीय समावेशी गणतान्त्रिक व्यवस्थाको रक्षार्थ संविधानको कार्यान्वयन, आत्मनिर्भर राष्ट्रनिर्माण, कृषिमा आधारित उद्यमशीलतालाई मर्यादित पेशाको रूपमा स्थापित गर्न गराउन, युवाहरुमा व्याप्त निराशा चिर्दै विदेश पलायन निरुत्साहित गर्दै स्वदेशमै उद्यमशीलता मार्फत रोजगारी सिर्जना गरी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र भन्ने भाव सहितको यथार्थमा आधारित जनताको “सपना नाटक” तथा नेपाली कला सस्कृती र एकताको सन्देश मार्फत समाजबाद उन्मुख गणतन्त्र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले नेकपा (माओबादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यूको प्रमुख आतिथ्यतामा एवं नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालज्यूको विशेष आतिथ्यतामा यहि मिति २०८२ जेष्ठ १५ गते विहिवारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे देखि “बृहत् जन-सांस्कृतिक कार्यक्रम २०८२” आयोजना गर्न गइरहेको कुरा सहर्ष जानकारी गराउँदै उक्त कार्यक्रममा हार्दिक निमन्त्रणा छ ।