नेपाल आयल निगमको निमित्त कार्यकारी प्रमुख नागेन्द्र शाह


काठमाडौं। नेपाल आयल निगमको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी नागेन्द्र शाहले पाएका छन् ।

निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि शाहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

शाह निगमका अर्थ प्रशासनमा नायव कार्यकारी निर्देशक तहमा थिए। वरिष्ठताका आधारमा शाहलाई उक्त निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको निगमले जानकारी दिएको छ।

‘निगममा नायव कार्यकारी निर्देशकमा तीन जना छन्, निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भने, वरिष्ठताका आधारमा मन्त्रालयले उनलाई जिम्मेवारी दिएको हो।’