आयुश केडिया सम्मानित


ईकोनोमिक खबर, काठमाण्डौं। युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । 
काठमाण्डौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री राम सहाय यादव र माननिय उद्योग वाणिज्य एवं आपूर्ति मन्त्रि श्री रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । 
डिएभी  प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले श्री आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गनुभयो । सोही अवसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पु-र्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । 
उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिएको थियो ।