
काठमाडौं। अन्यायलाई चुनौतीदिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले, महिला सशक्तिकरण, सामाजिक न्याय, र समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा गर्व गर्दछ। यो सहकार्यले इनड्राइभको कोर भ्यालू–निष्पक्षता, समानता, र समाजमा दीर्घकालीन सकारात्मक प्रभावपार्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँछ।
समाजमा निहित असमानतासँग लड्न र प्रत्येक व्यक्तिलाई अवसरमा पहुँच दिलाउन इनड्राइभले प्रारम्भ देखि नै निष्पक्षता, सशक्तिकरण, र वास्तविक कथाहरूको प्रवद्र्धन गर्दै आएको छ। यही सिद्धान्त अनुरूप, यस वृत्तचित्रको समर्थनले स्थानीय समुदायका प्रेरणादायी कथाहरूलाई विश्वमाझ पुर्याउँदै, समतामूलक समाज निर्माणको दिशामा योगदान पुर्याउने विश्वास इनड्राइभले लिएको छ।
समतामूलक पहुँच र न्यायको जगमा निर्माण गरिएको इनड्राइभको यात्रामा, यस्ता सशक्त स्थानीय कथाहरूले अझ प्रेरणा दिनेछन र समुदायमा वास्तविक परिवर्तन ल्याउनकालागि मार्गदर्शन गर्नेछन् ।
चलचित्र मार्फत् आवाजहरूलाई सशक्त बनाउने अभियान
कथा–वाचन(स्टोरीटेलिङ) एक शक्तिशाली माध्यम हो, जसले समुदायहरू बिच जागरूकता फैलाउने मात्र होइन, परिवर्तनको वकालत गर्ने प्लेटफर्म समेत प्रदान गर्छ। विशेषगरी, नेपाल सहितका विभिन्न देशहरुमा, महिलाहरूले विभिन्न सामाजिक र सुरक्षा सम्बन्धी चुनौतीहरूको सामना गरिरहेका छन्, र वास्तविक जीवनका कथाहरूले साहस, संघर्ष, र सफलताको प्रेरणादायी यात्रा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ।
स्थानीय आवाजलाई बुलन्दपार्ने र न्यायको पक्षमा दृढतापूर्वक उभिने उद्देश्यका साथ, इनड्राइभले नेपालमा महिलाहरूले भोगेका सुरक्षा चुनौतीहरू र उनीहरूले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई उजागर गर्ने वृत्तचित्रहरूलाई समर्थन गर्दै आएको छ। यस पहलले नारी सशक्तिकरणलाई अगाडि बढाउँदै त्यसका साथमाहुने संघर्ष रजितहरूलाई विश्वसामु प्रस्तुतगर्न सहयोग पुर्याउँछ।
इनड्राइभको यो अभियान समुदायमा सकारात्मक परिवर्तनको लागि आवाज उठाउने, समानताको पक्षमा दृढतापूर्वक उभिने, र स्थानीयस्तरमा भएका क्रियाकलापहरूलाई थप प्रेरणा प्रदानगर्ने दीर्घकालीन प्रतिबद्धताको एक हिस्सा हो। कम्पनीले महिला सुरक्षाको क्षेत्रमामात्र नभई, समुदायको हकहित र अधिकार सुनिश्चित गर्नका लागि पनि सामाजिक अभियानहरूलाई निरन्तरतादिँदै आएको छ।
वृत्तचित्र मार्फत् प्रस्तुत गरिने यी कथाहरूले नारीहरूको आत्मविश्वास, संघर्ष र सफलतालाई सम्मानपूर्वक प्रस्तुतगर्दै, अन्यलाई पनि परिवर्तनको पक्षमाउभिनर सशक्तबन्न प्रेरित गर्नेछ।
नवीनता र प्राविधिक उत्कृष्टताको दिगो समर्थन
इनड्राइभले वृत्तचित्रहरूमामात्र सीमितनभई रचनात्मकता र प्राविधिक नवीनतालाई प्रोत्साहनगर्ने विभिन्न प्लेटफर्महरूलाई निरन्तर समर्थन गर्दै आएको छ। इनड्राइभद्वारा आयोजित ‘अल्टरनेटिभा फिल्म अवार्ड‘ यसको उदाहरण हो, जहाँ परम्परागत धारणालाई चुनौतीदिने र नदेखाईएका कथाहरू उजागर गर्ने स्वतन्त्र फिल्महरूलाई विशेष अवसर प्रदान गरिन्छ । यस पहलले कलात्मक अभिव्यक्तिलाई सामाजिक परिवर्तनको शक्तिशाली माध्यमको रूपमा प्रयोग गर्दै, फरक दृष्टिकोण र कथाहरूलाई विश्वव्यापी मञ्चमा पुर्याउँछ। हालै सम्पन्न भएको इन्डोनेसियाको जाकार्तामा आयोजित अल्टरनेटिभा फिल्म अवार्डमा नेपालबाट समेत उत्कृष्ट वृतचित्र तथा फिल्महरु सर्टलिस्टमा समावेश हुनु इनड्राइभको यो अभियानको महत्वपूर्ण उपलब्धिहो।
इनड्राइभले सिर्जनात्मकता मात्रनभई प्राविधिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यसैको प्रमाण स्वरूप, इनड्राइभले ‘अरोरा टेक अवार्ड‘ मार्फत प्रविधिमा सक्रिय रहेका महिला इनोभेटरहरूलाई सम्मानगर्दै आएको छ। यो अवार्डले नारी सशक्तीकरण र लैङ्गिक समानतालाई प्रोत्साहित गर्दै, प्रविधिमा महिलाहरूको पहिचान र योगदानलाई उच्च सम्मान प्रदान गर्दछ। इनड्राइभको यो अभियानले डिजिटल वल्र्डमा महिलाहरूको पहुँचलाई विस्तार गर्दै सामाजिक प्रगतिमा थप प्रेरणा दिन्छ।
इनड्राइभका यीपहलहरू मार्फत सिर्जनात्मकता, प्राविधिक उत्कृष्टता र सामुदायिक विकासलाई एकैसाथ अघि बढाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यलाई पनि मजबुत बनाएको छ।
इनड्राइभ एशिया प्यासिफिक(एपीएसी) क्षेत्रका पब्लिक पोलिसी एण्ड रिजनल अफेयर्सका हेड एन्टोन एम्ब्रोसले भने, ‘इनड्राइभ, असमानतालाई चुनौतीदिने सिद्धान्तहरूमा आधारित प्लेटफर्म हो, नेपाली महिलाहरूको जीवन संघर्ष र शक्तिलाई यथार्थपरकरूपमा प्रस्तुत गर्ने यस प्रेरणादायी वृत्तचित्रलाई समर्थन गर्न पाउँदा हामी अत्यन्त गर्व महसुस गर्दछौं। महिलाहरूले देखाएको सौहार्दता, साहस र सम्मानको लागि गरेको संघर्ष इनड्राइभको निष्पक्षतार समानताको मिशन सँग गहिरोरुपमा जोडिन्छ। हामी विश्वास गर्छौं कि यस्ता कथाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्दछ।
इनड्राइभले नेपाली फिल्म निर्माताहरूलाई अन्तर्राष्ट्रिय स्तरको ‘अल्टरनेटिभा फिल्म अवार्ड‘मा भागलिन प्रोत्साहन गर्दै आएको छ, जसले उनीहरूको सिर्जनशीलता र कथनशैलीलाई विश्वसामु प्रस्तुतगर्ने अवसर प्रदान गर्छ। साथै, नेपाली महिला उद्यमीहरूलाई ‘अरोरा टेक अवार्ड‘मा सहभागी भई आफ्नो नवीन सोच र क्षमतालाई प्रवद्र्धन गर्न पनि प्रेरित गर्दै आएको छ।‘
यस वृत्तचित्रले केवल चलचित्रको रूपमा सीमित नरही, स्थानीय कथावाचनको महत्त्व र समुदायिक नेतृत्वमा आधारित पहलहरूको एक शक्तिशाली प्रमाण प्रस्तुत गर्दछ। यसले समाजमा भइरहेको परिवर्तनशील गतिविधिहरूलाई उजागर गर्दै, सामुदायिक समस्याहरूको समाधानकालागि स्थानीय नेतृत्वलाई प्रोत्साहन गर्दछ। इनड्राइभले नेपाल लगायत अन्य विभिन्न देशहरूमा पनि यस्ता प्रेरणादायी अभियानहरूलाई समर्थन गर्दै, जनचेतना अभिवृद्धि, निरन्तर संवाद र सकारात्मक कार्यहरूको लागि प्रेरित गर्ने लक्ष्यलिएको छ। यो पहलले स्थानीय स्तरमामात्रनभई अन्तर्रााष्ट्रिय मञ्चमा समेत सशक्त समुदाय निर्माणको संदेश प्रवाहगर्ने अपेक्षा राखिएको छ।
इनड्राइभले समुदायमा आधारित यस्ता अभियानहरू मार्फत सामाजिक न्याय, महिला सशक्तिकरण र सामुदायिक नेतृत्वलाई ससक्तरुपमा अगाडि बढाउँदै आएको छ। यस किसिमका गतिविधिहरूले सामाजिक सचेतना अभिवृद्धि गर्दै दीर्घकालीनरुपमा सकारात्मक परिवर्तनको बाटो तयार पार्ने विश्वास लिएको छ।