युनिभर्सल पावरको आईपीओ बाँडफाँट


ईकोनोमिक खबर, काठमाडौं।
युनिभर्सल पावर कम्पनीको साधारण शेयर बाँडफाँट गरिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको साधारण शेयर बुधबार बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिने सबैले शेयर पाएका छन । आईपिओमा १।०४ प्रतिशत बढी आवेदन परेको थियो ।

सर्वसाधारणतर्फ कुल १ लाख ५ हजार १ सय ५९ जनाले आवेदन दिएकोमा ४० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका १ लाख ५ हजार १ सय १९ योग्य आवेदक सबैले शेयर पाएका छन ।