मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना


सोलुखुम्बु । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । आज बिहान लुक्लाबाट पर्यटक लिन लोबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिनुभयो । 

वहाँका अनुसार ७ः११ मा उडेको हेलिकप्टर ७ः२५ मा दुर्घटना भएको हो । हेलिकप्टरमा अन्य यात्रु नभएकोे जनाइएको छ । हेलिकप्टर दुर्घटना हुँदा पाइलट प्रकाश सेढाईँ घाइते हुनुभएको छ । वहाँलाई उपचारका लागि फिस्टेल एयरको हेलिमार्फत काठमाडौँको हेम्स अस्पताल पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । 

पाइलट प्रकाश सेढाईँको घर काठमाडौ टंगाल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।