घोराही सिमेन्टको कारोबार आइपीओ मूल्य भन्दा पनि तल


काठमाण्डौ । प्रिमियम मूल्यमा सेयर निष्काशन गरेको घोराही सिमेन्टको कारोबार आइपीओ मूल्य भन्दा पनि तल आएको छ । कम्पनीले कम्पनीले ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा ७९ लाख ४३ हजार ८ सय १ कित्ता आइपीओ निष्कासन गरेको थियोे ।

बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४३९ रुपैयाँमा कारोबार खुलेको थियो । आज दिनभरि कम्पनीको सेयर मूल्य अधिकतम ४४३ रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ४३० रुपैयाँसम्म झरेको थियो ।

 

बजार बन्द हुने बेला कम्पनीको सेयर मूल्य ४३४.४० पैसा पुगेको हो । बिहीबार कम्पनीको ४४ हजार १ सय ४८ कित्ता सेयरको १ करोड ९२ लाख ६५ हजार ६ सय ९१ रुपैयाँको कारोबार भएको छ ।