इजरेयलमा फसेका २५३ जना नेपाली विद्यार्थीहरु  आज राति नेपाल एयरलाईन्सको जहाजबाट काठमाडौं आइपुग्नेछ 


काठमाडौं। इजरेयलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थीहरु आज राति नेपाल एयरलाईन्सको जहाजबाट काठमाडौं आइपुग्नेछ ।  

हमास र इजरेयल बिच भएको द्धन्द्धको चपेटामा फसेका नेपाली विद्यार्थीहरुलाई नेपाल सरकारको आकस्मिक निर्णय बमोजिम नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बुधबार राति इजरेयल जानुभएको थियो ।