पञ्चाङ्ग२०८० आश्विन १६ गते मंगलबार आजको राशिफल :
तिथि:- चतुर्थी ९:४२ बजेसम्म
नक्षत्र: - कृतिका २२:२९ बजेसम्म
योग:- बज्र १३:२४
करण:- बालव ९:४२
कौलव २१:०९
आनन्दादि योग:- गद
चन्द्रमाः- वृष
सूर्योदय: - ५:४६
मेष राशि:-
आज धन आर्जनको कार्यमा सफलता हुनेछ। असाधारण कार्यमा पनि हात हाल्नु पर्ने वाध्यता आईपर्ला। वाणि शुद्ध हुनेछ। धेरै समस्याहरु समाधान हुनेछन।
बृष राशि:-
आज आत्मविश्वास बढनेछ। राम्रो अवसरको फाइदा हुनेछ। मानसम्मान मिल्नेछ । बोलिको प्रभाव बढ्नेछ। परिवारमा खुसियालीपुर्ण रहला। पुरानो विवाद मिलाएर जानु पर्ला। लगानिको राम्रो वातावरण बन्नेछ।
मिथुन राशि:-
आज आत्मविश्वासमा कमि आउने छैन। आर्थिक सकंटको समय रहला। स्वास्थ्यमा विशेष ख्याल राख्नु होला। वाद-विवाद बाट बच्नुहोला । परिवारमा तिक्तता बढेर जाला। लामो यात्रा होला।
कर्कट राशि:-
आज आयश्रोत बढनेछ। विवाद र झमेलामा संयमित रहनु राम्रो होला। छोटो रमाईलो यात्रा तय हुनेछ।समाजमा मान सम्मान मिल्नेछ।
सिह राशि:-
आज उच्च वर्गवाट सहयोग हुनेछ। आर्थिक स्थिति मजबूत रहनेछ। मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ। जीवन साथि भएको नाममा स्थायी सम्पति प्राप्त हुनेछ। समाजमा मानसम्मान मिल्नेछ।
कन्या राशि:-
आज आर्थिक धन कमाउने अवसर मिल्नेछ। सन्तानबाट सफलता मिल्नेछ। सोचे भन्दा बढी आयश्रोत जम्मा हुनेछ। आजको दिन महत्वपूर्ण र सम्झनलायक काम हुनेछ। व्यापारमा लाभ हुनेछ।
तुला राशि:-
आज धेरै दिन देखि रोकिएको काम बन्नेछ।
सवारी साधनमा जोखिम बढ्न सक्छ होसियारि अपनाउनु राम्रो होला। प्रेम सम्बन्ध सुधारात्मक हुनेछ।
बृश्चिक राशि:-
आज धेरै समय देखि रोकिएको काम बन्नेछ।जीवनसाथिको साथ सहयोग पुर्ण हुनेछ। चौतर्फी सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सजगता अपनाउनु राम्रो होला। गुप्त रोगले सताउला ।
धनु राशि:-आज शुभ समाचार प्राप्त हुनेछ । सवारी साधन किन्ने अवसर प्राप्त हुनेछ। व्यापारमा राम्रो मुनाफा आर्जन गर्ने अवसर मिल्नेछ। पारिवारीक साथ सहयोग मिल्नेछ।
मकर राशि:- आज संन्तानबाट पुर्ण सुख मिल्नेछ। आज कामको शिलशिलामा व्यस्त रहनु पर्ला। प्रेमी प्रेमिकाहरुको लागि विवाहको प्रस्ताव आउन सक्ला। व्यापार व्यवसायमा उन्नति हुनेछ।नया जागिर प्राप्त हुनेछ।
कुम्भ राशि:-
आज सन्तानबाट शुभ समाचार सुन्नु पर्ला। नविन प्रेम स्थापित हुन सक्ला। लगानीको वातावरण मैत्रीपूर्ण बन्नेछ। सामाजिक तथा पारिवारिक सम्वन्ध राम्रो रहनेछ।
मिन राशि:- आजको दिन आलस्यताले सताउनेछ। गरेका कामको पुर्ण जस पाईने छैन। । आत्मविश्वासमा बढोत्तरी हुनेछ। कडा मेहनतबाट सोचे जति धन लाभ गर्न सकिएला। सन्तानबाट शुभ समाचार सुन्नु पर्ला । प्रेम सम्वन्धमा सुधार हुनेछ।