नेपाली बजारमा विशिष्ट पहिचान बोकेको केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा उदाउँदै आएको छ ।
सन् २०१९ मा स्थापित यस कम्पनी गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि व्यापक प्रशंसा कमाउँदै द्रुत रूपमा अगाडि बढ्दै गइरहेको छ ।
वृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ आज सिङ्गो क्षेत्रकै मानकको रूपमा उभिएको छ । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा तयगनजभलभम नबिकक, बिmष्लबतभम नबिकक, तष्लतभम नबिकक, ष्लकगबितभम नबिकक र चभाभिअतष्खभ नबिकक जस्ता सिसा उपलब्ध गराउँदै यस कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको छ ।
आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ । वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ । नेपालमै सबैभन्दा ठूलो दैनिक १२,००० वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको यो कारखाना कम्पनीको शिरोमणि नै हो भन्दा पmरक हुँदैन । कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरि पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन लाइनहरूसहितका अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको छ, जसलाई नेपाली औद्योगिक परिदृश्यमा एक महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसारका छन् र ऋभ् प्रमाणित पनि छन् । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिन्छ ।
हालै वृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेशन प्लान्ट थपेको छ, जसले गर्दा यो अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेको छ ।
अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया, र