काठमाडौँ ।
बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको हो ।
आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।