
काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका उनलाई कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)बाट केही महिनाअघि अवकाश पाएका व्यक्ति हुन् ।
कोषका यसअघिका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल सक्किन लागेपछि सरकारले सो पदमा नयाँ नियुक्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा सिफारिस उपसमिति गठन गरेको थियो ।