नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सव


ईकोनोमिक खबर, काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले भने, हामीले नेपाली जनतासँग गरेको प्रतिबद्धतामा विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं।’ प्रचण्डले नेपालको शान्ति प्रक्रियाप्रति पनि शंका पैदा गर्ने कोसिस भएको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको फलामे ढोका फोड्न सफल भएको प्रतिक्रिया दिएका छन्।। जिल्ला अध्यक्ष र सचिवको नाम टुंग्याउने विषयलाई फलामे ढोकासँग दाज्दै अध्यक्ष प्रचण्डले यस्तो संकेत गरेका हुन्।

पार्र्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छ भन्ने संकल्पसहित आफूहरू जिम्मेवार भएको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले सजिलो नभए पनि पार्टी एकताको मिसन पूरा गरेको भन्दै प्रचण्डले यसबाट प्रतिक्रियावादीका लागि झट्का लागेको र आफूहरुका लागि नयाँ उत्साह भएको बताए। उनले पार्टीले माक्र्सवाद, लेनिनवाद विचारधारमा टेकेर समाजवादतिरको यात्रा अघि बढने बताए।

अर्कावत्ता प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र ब्यूत्याउने प्रयास नखोज्न आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७० औँ वार्षिकउत्सवमा प्रधानमन्त्री ओलीले राजतन्त्र व्यूँताउने सपना सपनामात्रै रहने प्रतिक्रिया दिए। ‘अब यो मुलुकमा राजतन्त्र व्यूँताउने सपना नदेख्न म साथीहरुलाई आग्रह गर्दछु’ ओलीले भने ‘ हामीले राणाविरुद्ध, राजाविरुद्ध, पञ्चायतका विरुद्ध लड्यौं, असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज सही ठाउँमा आएका छौं।

प्रधानमन्त्री ओलीले दुई पार्टीबिचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियताको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा र्पुयाएको दाबीसमेत गरे । ‘‘यो पार्र्र्र्टीले राष्ट्रियताको रक्षा, राष्ट्रियताको आन्दोलनलाई ठिक उचाईमा पुर्याएको छ। यसैले लोकतन्त्रका निम्ति संघर्षपूर्ण बलिदानी गरेको छ । मुलुकबाट निरंकुशतन्त्र, सामन्तीतन्तलाई फालेर लोकतनत्रमा पुर्याएको छ,’’ प्रधानमन्त्री ओलीले भने।