काठमाडौं । सरकारले प्राविधिक मन्त्रालयतर्फका २ जना सचिवको सरुवा गरेको छ ।
केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वाताबवरण र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव हेरफेर गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छी तर्फको सचिवमा सरुवा गरिएको छ, भने त्यहाँ कार्यरत डा. दीपककुमार खराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।
डा. खराल वनतर्फको विषय विज्ञ हुन भने डा. पौडेल कृषितर्फका विज्ञ हुनुहुन्छ । खरालको कार्य अनुभव वनतर्फको तथा पौडेलको कार्य अनुभव कृषि तर्फको भएकाले दुवैलाई अनुभवको आधारमा स्थानान्तरण गरी मन्त्रालयको जिम्मेवारी दिइएको मन्त्रीपरिषदको भनाई छ ।