May 5, 2025

शुक्रबार रातीदेखि काठमाडौँमा टेलिकमको सेवा अवरुद्ध हुनसक्ने


काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्द हुने भएको छ ।

शुक्रबार रातीदेखि टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार शुक्रबार राती ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म ठहिटी, असन, भेडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागल लगायतका क्षेत्रमा सेवा अवरुद्ध हुनसक्नेछ।

एफटीटीएच सेवाको आन्तरिक मर्मत सम्भार तथा स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुनसक्ने नेपाल टेलिकमले जनाएको छ।