ईकोनोमिक खबर, काठमाडौं ।
शेयरबजारमा आज उच्च अंकले घटेर सबै समुह राताम्मे भएको छ । साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको छ।
शेयरबजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ ।
आजको दिन बजारमा ४६ लाख ५७ हजार १३७ कित्ता शेयरको खरिदबिक्रीमा १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबामा कुथेली बुखेरी स्मल हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएका छन् भने मोलुङ हाइड्रोपावर कम्पनीले सर्वाधिक गुमाएका छन् ।
यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर आठ प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ ।
आज ४६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ५५ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।