Apr 28, 2025

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले ३९ करोड ३३ लाख ९५ हजार ७ सय ३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।