अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ


ईकोनोमिक खबर, काठमाडौं। नेपाल आयल निगमले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलको मूल्य १४ रुपैयाँ बढाउने निर्णय गरेको छ। 

 डिजेल तथा मट्टीतेलको मूल्य एकै पटक प्रतिलिटर १४ रुपैयाँ बढाएको छ। 

भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलको मूल्य १४ रुपैयाँ बढाउने निर्णय गरेको हो।

 अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

निगमले पछिल्लो समय निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट आउने प्रत्येक १५ दिनको मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ गर्दै आएको हो।

मंगलबार आएको नयाँ मूल्य सूचीअनुसार आईओसीबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढेको जनाएको छ । 
निगमका अनुसार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको छ।