इकोनोमिक खबर, काठमाण्डौं।
कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषकी एशिया प्यासिफिक क्षेत्र हेर्ने निर्देशक डा रिहाना राजले नेपालको कृषि क्षेत्रमा सहयोग गर्नका लागि कोष प्रतिवद्ध रहेको बताएकी छन्।
नेपाल भ्रमणका अवसरमा आज कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषाल सँंगको भेटमा आउँदो दिनको खाद्य सुरक्षा कायम गर्नका लागि विभिन्न परियोजनाबाट सहयोग रही रहने बताएकी हुन।
छलफलका क्रममा अन्तर्राष्ट्रिय कोषको सहयोगमा संचालित आयोजनाका विषयमा छलफल भएको थियो । त्यस्तै अर्थमन्त्रालयका अधिकारीहरु संग पनि छलफल भएको छ । कोषले ऋण तथा अनुदान सहयोगका कृषि क्षेत्रका कार्यक्रम संचालन गरिरहेको छ।