प्रधानमन्त्री पत्नीको राजकीय सम्मानसहित अन्त्येष्टी गर्ने सरकारको निर्णय


ईकाोनोमिक खबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टी गर्ने सरकारले निर्णय गरेको छ । 
सीता दाहालको बुधबार बिहान ८ः३३ बजे निधन भएको हो । 

आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वर्र्गीय दाहालको अन्त्येष्टी राजकीय सम्मान सहित गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । स्वर्गीय दाहाललाई नेपाली सेनाको टुकडीले सलामी दिने व्यवस्था मिलाइने प्रवक्ताले जानकारी दिईन ।