Mar 30, 2025

नेपाल स्टक एक्सचेन्जको सीईओमा नारद लुईंटेल नियुक्त


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको हो ।

सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । नेप्सेको सीईओका लागि आवेदन दिएका १० जना मध्ये चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल टप फाइभमा परेका थिए ।

आवेदन दिएकाहरुमा पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुँइटेल, युवराज दाहाल, प्रवीण अधिकारी, चूडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशीले थिए ।

यसअघिका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघदेखि यो पद रिक्त छ ।