
ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ।
ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
निर्वाचन समितिका संयोजक श्याम प्रसाद घिमिरेका अनुसार समितिको अध्यक्षमा नवराज सञ्जेल, उपाध्यक्षमा जनार्दन पौडेल, सचिवमा शर्मिला दाहाल, सहसचिवमा उषा के.सी. (सिल्वाल) र कोषाध्यक्षमा अश्वस्थामा अर्याल रहेका छन्।
यस्तै, कार्यसमिति सदस्यहरूमा नागेश न्यौपाने (निर्विरोध निर्वाचित), राम कुमार श्रेष्ठ, कल्पना महर्जन र सुस्मिता अधिकारी रहेका छन्।
वरिष्ठ साहित्यकार प्रा.डा. तुलसी भट्टराई, प्रा. रामकुमार पाँडे, साझा प्रकाशनका अध्यक्ष शेखर गिरीलगायतका व्यक्तित्वको उपस्थितिमा सम्पन्न अधिवेशन तथा रचनावाचन कार्यक्रममा करिब २ दर्जन स्रष्टाले कविता, गजल, गीत लगायतका साहित्यिक प्रस्तुति राखेका थिए।
संस्थाले ललितपुरको गोदावरी नगरपालिकाभित्रका भाषा, साहित्य, कला, संस्कृति लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
विधानत गोदावरी नगरपालिकाका नगर प्रमुख संरक्षक र उप-प्रमुख सह-संरक्षक तथा प्रमुख प्रशासकीय अधिकृत पदेन सल्लाहकार रहने उक्त संस्थालाई नगरपालिकाले साहित्यिक कला र संस्कृतिको क्षेत्रमा सहकार्य गर्दै आएको छ।
कार्यक्रममा उपस्थित अतिथिहरूले कार्य सफलताको शुभकामना व्यक्त गर्दै गोदावरी साहित्य परिषद्ले ऐतिहासिक रुपमा राष्ट्रिय तथा स्थानीय कार्यक्रमहरू सम्पन्न गरेकोमा उच्च प्रशंसा समेत गरेका थिए।
निर्वाचित अध्यक्ष सञ्जेल गजल, पहिचान गीत तथा हाईकुको लेखनमा अब्बल मानिन्छन् । वाग्मती गीतका सर्जक सञ्जेलले शैक्षिक गीतको राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल समेत गरेका थिए । संस्थाले निवर्तमान अध्यक्ष वशिष्ठ अधिकारीलाई सल्लाहकार संयोजक मनोनित गर्दै यथाशीघ्र प्राज्ञ भेला गर्ने जनाएको छ।